सेयर बजारमा झिनो गिरावट

केन्द्रभाग मिडिया

काठमाडौं ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो गिरावट आएको छ । आज नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा पुगेर बन्द भएको हो ।

बजारमा आज ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये ७७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।

  • ४ असार २०८३, बिहीबार १५:२९ प्रकाशित