काठमाडौं ।
माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको बुधबारदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।
कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ ।
जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, सामुहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता सेयर आजदेखि सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट इच्छुक आवेदकले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । असार ८ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।













