सबैजसो विदेशी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ ।

हिजो अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्राको भाउ घटेको थियो भने अस्ट्रेलियन डलर, कुवेती दिनारहित कतिपय मुद्राको भाउ बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा थियो ।

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा छ । हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४४ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा थियो ।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६७ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ४० पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • २ असार २०८३, मंगलवार ०६:२८ प्रकाशित