पोखरा।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी पहाडी र तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेश, मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।












