पोखरा।
स्याङ्जामा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला परेको छ । वालिङ नगरपालिका वडा नम्बर ११ ज्वाङखोला स्थित वालिङ स्वरेक भित्री सडक खण्डको नालिमा बेवारिसे अवस्थामा रहेको एकनाले बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
आज बिहा साढे ११ बजे वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट प्रहरी सहायक निरीक्षक मनरुपा मल्लको कमाण्डमा खटिएको प्रहरी गस्ति टोलीले उक्त भरुवा बन्दुक फेला पारेको हो । उक्त बन्दुक बरामद गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।













