काठमाडौं।
साताको अन्तिम कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा झिनो गिरावट आएको छ। उतारचढावका बिच नेप्से परिसूचक ४.०० अङ्कले घटेर २७२४.०३ विन्दुमा बन्द भएको छ।
आज बजार सुरुवाती समयमा केही बढे पनि त्यसपछि उतारचढावपूर्ण रहँदै अन्ततः ओरालो लागेर बन्द भएको छ। बजार घटे पनि कारोबार रकममा भने राम्रो उत्साह देखिएको छ।
आज बजारमा कुल ३४२ वटा स्क्रिप्स कारोबारमा ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर खरिदबिक्री भएका छन्। जसबाट कुल ४ अर्ब ३४ करोड ९ लाख ७६ हजार ७६४ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। त्यस्तै, १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।












