आज ६ अर्ब ४४ करोड माथिको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से १.५४ अङ्कले घटेर २७३३.५९ विन्दुमा पुगेर बन्द भएको छ ।

मङ्गलबार बजार खुलेदेखि नै उतारचढाव देखिए पनि अन्तिम समयमा नेप्से घटेर बन्द भएको हो । आज ३५७ कम्पनीका १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड ३ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ। १५ कम्पनीको मूल्य भने स्थिर रह्यो।

  • २६ जेष्ठ २०८३, मंगलवार १६:१६ प्रकाशित