पोखरा ।
आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । हिजो पनि अमेरिकी डलरको नेपाली भाउ यति नै थियो।
आज युरोपियन युरो १ को खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । आइतबार भने युरोपियन युरो १ को खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा थियो ।
यस्तै आज यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।आइतबार यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । आइतबार अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा थियो ।
यस्तै स्विस फ्रयाङ्क १ को खरिददर १९० रुपैयाँ ४१ पैसा र बिक्रीदर १९१ रुपैयाँ १६ पैसा कायम गरिएको छ । क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा कायम भएको छ ।
आज थाई भाट १ को खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ३७ पैसा र बिक्रीदर २३ रुपैयाँ ४७ पैसा तोकिएको छ।
हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा, कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा, बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा, ओमनी रियाल १ को खरिददर ३९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।












