कुमुदिनी होम्समा नेपाली शब्दखेल र वृक्षरोपण

केन्द्रभाग मिडिया

पोखरा ।
कुमुदिनी होम्स माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसार प्राथमिक तह स्तरीय अन्तर सदनात्मक नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको छ ।

अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालीगुराँस सदनका      शिर्षा परियार ,आकृशा जोशी, इभाना रन्जित र हिमानी पाठकको समूह प्रथम भएका छन्। डाँफे सदनका  इभा जि.सि. , बिक्रम नेपाली , स्विष्का कर्माचार्य र डेनिश शर्माको समूह द्वितीय भएका छन्

। सहजकर्ताको भूमिका शिक्षिकाहरू रोशनी श्रेष्ठ र कमला खनाल रहेको कार्यक्रममा रजनी गुरुङले अङ्कनको भूमिका र ममता गुरुङले समयपालकको भूमिका निभाएका थिए भने शिक्षक भुवन गुरुङको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

त्यस्तै विद्यालयले विश्व वातावरण दिवसको अवसर पारेर गण्डकी प्रदेश स्काउट भवन परिसरमा पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देव कृष्ण पराजुली, वडा सदस्य प्रकाश कोइराला तथा विद्यालय सञ्चालक समिति अध्यक्ष अशोक पालिखे र विद्यालयमा सञ्चालित आर. यू. क्लबमा आबद्ध विद्यार्थीहरूको सहभागितामा  वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वातावरण जोगाउने कार्यमा विद्यार्थीहरूको सक्रिय सहभागिता हुनु स्वच्छ भविष्य निर्माणका लागि सकारात्मक पक्ष भएको र रोपिएका विरुवाको संरक्षण गर्ने दायित्व वडाको नै भएको कुरा वडा अध्यक्ष पराजुलीले बताएको कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।

  • २२ जेष्ठ २०८३, शुक्रबार २०:३४ प्रकाशित