एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्नुहोस्, सुनको क्यान जित्नुहोस्

केन्द्रभाग मिडिया

काठमाडौं ।

जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिङ्कले आफ्ना उपभोक्तालाई लक्षित गर्दै सुनको सिक्का उपहार दिने विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘विन्टर अफर’ नाम दिइएको उक्त योजनामार्फत पाँच जना भाग्यशाली उपभोक्तालाई सुनको सिक्का प्रदान गर्ने भएको हो ।

बजारमा क्लासिकसहित पाँच फरक स्वादमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिङ्कको कुनै पनि स्वाद खरिद गर्ने उपभोक्ता यस योजनामा सहभागी हुन सक्नेछन् ।

योजनामा सहभागी हुन कम्पनीले डिजिटल प्रविधिको प्रयोग गरेको छ । उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिङ्कको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । कोड स्क्यान गरेपछि मागिएको विवरण दर्ता गराएसँगै उपभोक्ता स्वतः उपहार योजनामा सहभागी हुनेछन् ।

कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी भाग्यशाली विजेता घोषणा गरिनेछ । यसरी प्रत्येक महिना पाँच जना उपभोक्ताले सुनको सिक्का उपहार प्राप्त गर्नेछन् ।

आफ्ना उत्पादन पाँच फरक स्वादमा बजारमा उपलब्ध गराएको अवसरमा कम्पनीले यो विशेष अभियान सुरु गरेको जनाएको छ । नयाँ स्वादको विस्तारसँगै उपभोक्तासँगको सम्बन्धलाई थप मजबुत बनाउने र उनीहरूको विश्वास तथा मायाप्रति आभार व्यक्त गर्ने उद्देश्यले उपहार योजना ल्याइएको कम्पनीको भनाइ छ ।

उपभोक्ताबाट प्राप्त निरन्तर माया र विश्वासप्रति आभार व्यक्त गर्दै सुरु गरिएको यस अभियानमार्फत पाँच जना भाग्यशाली उपभोक्तालाई सुनको सिक्का प्रदान गरिने कम्पनीले जनाएको छ ।

  • ९ मंसिर २०८३, बुधबार ११:४५ प्रकाशित