काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै चाँदीको मूल्य केही वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ५४५ रुपैयाँ कायम गरिएको छ।सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ। हिजो जेठ १७ गते चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो। महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५९१ रुपैयाँ तोकेको छ।












