अमेरिकाबाट फर्केका गोरखाका श्याम मरहठ्ठाको विमानमै ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकाबाट फर्केका ७३ वर्षीय पुरुषले विमानमै ज्यान गुमाएका छन् । आइतबार ६ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको टर्किस एयरलाइन्सको विमानमा गोरखा घर भएका श्याम मरहठ्ठाको ज्यान गएको हो ।

अचेत भएर उनको ज्यान गएको बताइएको छ ।

विमानमा मृत्यु भएका महरठ्ठाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी वसन्त रजौरेले बताए ।
टर्किस एयरको उडा नम्बर–७२६ नम्बरको विमानमा मरहठ्ठा परिवारसँगै फर्केका थिए । उनी गोरखा बारपाक सुलिकोट गाउँपालिका–२ का स्थानीय भएको बताइएको छ ।

  • १७ जेष्ठ २०८३, आईतवार १२:०१ प्रकाशित