फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले वृद्धि

केन्द्रभाग मिडिया

काठमाडौं ।

चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले बढेको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा=स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

उनले सङ्घीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च उल्लेख्य सुधार हुन नसकेको बताए । उनले भने, ‘यस अवधिमा आन्तरिक र बाह्य ऋण गरी ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ । सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ९ अर्ब घाटामा रहेका छन् ।’

  • १३ जेष्ठ २०८३, बुधबार १४:३४ प्रकाशित