काठमाडौं ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि भन्दै न्याय सेवा अधिकृत समाजले सङ्कलन गर्दै आएको आर्थिक सहयोग स्थगित गर्न आग्रह गरेका छन् ।
बोनम्यारो समस्याका कारण भारतको नयाँदिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।श्रेष्ठको उपचारका लागि भन्दै न्याय सेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई स्वैच्छिक आर्थिक सहयोग गर्न आह्वान गरेको थियो ।
उनले आफ्नो स्वास्थ्यलाई लिएर चासो, चिन्ता, स्वास्थ्यलाभ र सद्भाव व्यक्त गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । श्रेष्ठ गत वैशाख ११ गतेदेखि गम्भीर बिरामी भएपछि भारतमा उपचाररत छन् ।












