टिकापुरमा तालिमको क्रममा सशस्त्रका ७ जवान बेहोस: ६ जनालाई स्काई ट्रकमार्फत काठमाडौं पठाइयो

केन्द्रभाग मिडिया

काठमाडौं।

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना जवान बेहोस भएका छन् । उनीहरू जवान आधारभूत तालिमको क्रममा बेहोस भएका हुन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाको अनुसार बेहोस भएका मध्ये ६ जनालाई सेनाको स्काई ट्रक मार्फत काठमाडौँ पठाइएको छ । उनले भने, ‘उताबाट स्काई ट्रक काठमाडौँको लागि उडिसकेको छ ।’

एक जना जवानको अवस्था सामान्य छ ।

  • ८ जेष्ठ २०८३, शुक्रबार १५:१६ प्रकाशित