एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ ।

असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।

गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेको थियो । यद्यपि स्थायी कमिटीले पूर्णता पाएको छैन ।

  • २१ आश्विन २०८३, बुधबार १०:५१ प्रकाशित