आज पनि बढ्यो अमेरिकी डलरको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।
आज पनि अमेरिकी डलरको भाउ बढेको छ । त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि बढेकाे छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारको भाउ हिजो पनि बढेको थियो ।

आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।

विगत केही दिनदेखि अमेरिकी डलरको विनिमयदर निरन्तर बढ्दै आएको छ। हिजो पनि अमेरिकी डलरले हालसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको थियो ।

हिजो अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा थियो।

त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा छ। हिजो युरो १ को खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा थियो ।

त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ १६ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ १७ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ५०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ५०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ५०४ रुपैयाँ ४३ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ४१० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१० रुपैयाँ ४० पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

 

 

  • ७ जेष्ठ २०८३, बिहीबार ०७:३८ प्रकाशित