काठमाडौं ।
अघिल्लो दिन ६ अंक घटेको सेयर बजार बुधबार ३० अंक बढेको छ । ३०.०८ अंक (१.१० प्रतिशत) बढेसँगै नेप्से परिसूचक २७५४ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकतम पनि हो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८२ करोडको भयो । आज कारोबार खुलेदेखि अन्तिम समयसम्म बजारको वृद्धि कायम रह्यो ।
२१ कम्पनीको मूल्य घट्यो भने २४८ को बढ्यो । एउटा कम्पनी (एनएलजी)को मूल्य स्थिर रह्यो ।


















