पोखरा ।
आज (बुधबार) अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ बढेको छ । तर अस्ट्रेलियन डलरको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
विगत केही दिनदेखि अमेरिकी डलरको विनिमयदर निरन्तर बढ्दै आएको छ । हिजो पनि अमेरिकी डलरले हालसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको थियो । हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८५ पैसा थियो ।
त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा छ । हिजो युरो १ को खरिददर १७८ रुपैयाँ ५९ र बिक्रीदर १७९ रुपैयाँ ६४ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा थियो ।
त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ १७ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा थियो ।
आज कुवेती दिनार १ को खरिददर ५०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ५०४ रुपैयाँ ४३ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ५० पैसा र बिक्रीदर ५०३ रुपैयाँ ४६ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१० रुपैयाँ ४० पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।



















