पोखरा ।
अमेरिकी डलरको भाउ आज (शुक्रबार) पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, अस्ट्रेलियन डलरसहितका मुद्राको भाउ घटेको छ । तर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ भने आज पनि बढेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । विगत केही दिनदेखि लगातार उच्च मूल्यको रेकर्ड राख्दै आएको अमेरिकी डलरको विनिमयदर आज थप वृद्धि भएको हो । हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा थियो ।
आज युरो १ को खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा छ । हिजो युरो १ को खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०६ रुपैयाँ ४१ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा थियो ।
आज कुवेती दिनार १ को खरिददर ४९९ रुपैयाँ २० पैसा र बिक्रीदर ५०१ रुपैयाँ १६ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ५०० रुपैयाँ ८७ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ०८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८४ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।
















