पोखरा ।
दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको दरखोला जलविद्युत आयोजनामा लागनी स्रोत सुनिस्चित भएको छ । १ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकले लगानी गर्ने भएको हो ।
बैंकको ७० प्रतिशत अर्थात् ९१ करोड र आन्तरिक स्वपुँजी ३९ करोड रुपैयाँ रहनेगरी वित्तीय स्रोत व्यवस्थापन सम्झौता भएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले जानकारी दिए ।
धवलागिरी(३ मुनाको कुनौटामा प्रस्तावित बाँधका साथै सोलवाङस्थित म्याग्दी र दरखोलाको दोभानमा निर्माण हुने विद्युत् गृहसम्म पहुँचमार्ग पुयाइएको छ। कुनैौटाबाट विद्युत् गृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण र विस्तारको काम भइरहेको छ।
विद्युतगृहसम्म पानी लैजान ४५ किमि लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताए। उनका अनुसार कुनौटामा ३० मिटर लामो बालुवा थिग्राउने पोखरी डिसेण्डर निर्माण हुनेछ । ५ सय ४८ मिटर उचाइबाट विद्युतगृहमा पानी खसालेर उत्पादन गरिने विद्युत् ७ किलोमिटर लामो प्रसारण लाइन बनाएर डाँडाखेत सबस्टेसनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ ।
सम्भाव्यता अध्ययन,प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन, विद्युत् खरिद बिक्री सम्झौता, जग्गा खरिद र वित्तीय स्रोत व्यवस्थापनको काम सकिएको आयोजनाका प्रमुख उपेन्द्र घिमिरेले जानकारी दिए । ुन अफ द रिभरु प्रकृतिको यस आयोजनाले सिभिल, हाइड्रोमेकानिलक र इलेक्ट्रोमेकानिल ठेकेदार छनोटको अन्तिम चरणमा रहेको उनले बताए ।
नेपाल विद्युत् प्राधिकरणसँग २०८० मा विद्युत् खरिदबिक्री सम्झौता भइसकेको छ। सम्झौताअनुसार हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसाका दरले विद्युत् खरिदबिक्री हुनेछ । पूर्वनिर्धारित योजना अनुसार आयोजना निर्माण पुरा भए २०८४ चैत महिनासम्म विद्युत् उत्पादन गर्ने लक्ष्य छ । रासस













