काठमाडौं ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको ‘सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण’ कार्यक्रम सुरु भएको छ ।
भोलिसम्म चल्ने प्रशिक्षण स्टाफ कलेज जावलाखेलमा जारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा राखेको कार्यक्रमको उद्घाटन उपसभापति एंव अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेका छन् ।
भोलि समापन मन्तव्य सभापति रवि लामिछानेले दिने तय भएको छ । १८२ सीट रहेको रास्वपाले यसअघि पनि सांसदहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो ।













