सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ का ४५ वर्षीय योगबहादुर खत्री, सोही ठाउँका ६० वर्षीय लालबहादुर विक, ४० वर्षीय सोमबार नेपाली, ६० वर्षीय साने विक र सिन्धुलीकै तीनपाटन गाउँपालिका–१० का २१ वर्षीय श्याम दुराल छन् ।

दुधौली नगरपालिका–१ राँगे स्थित मदन भण्डारी राजमार्गमा म। प्र। ०३–००१ च ८२०२ नम्बरको पिकअप भ्यान दुर्घटना भएको थियो । उक्त भ्यान उदयपुरको गाईघाटतर्फ जाँदै थियो ।

भ्यान चालक २९ वर्षीय रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • २४ बैशाख २०८३, बिहीबार १३:१४ प्रकाशित