कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ । दिउसो ३ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने गरी बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सभापति गगनकुमार थापा पनि उपस्थित हुने उक्त बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई उपस्थिति हुन अनुरोध गरिएको दुलालले बताए ।

बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।

  • २३ बैशाख २०८३, बुधबार ११:४० प्रकाशित