काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने भएको छ । बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार वैशाख २६ र २७ गते रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।
यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यतिबेला विषयविज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए । वरिष्ठ नेता बालेन शाह उपस्थित नभएकोमा आलोचना भएको थियो ।
गत फागुनमा भएको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । अधिकांश प्रतिनिधि राजनीतिक, संवैधानिक र कानुनी जानकार नभएकाले यस्ता प्रशिक्षण प्रभावकारी हुने रास्वपाले विश्वास लिएको छ ।












