काठमाडौं ।
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका हुन् ।
बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकका लागि एजेन्डा तय हुन बाँकी छ ।
कांग्रेस सांसद गंगालक्ष्मी अवालले बैठकका लागि सूचना आएको र एजेन्डाबारे केही नबताइएको जानकारी दिइन् ।













