आज यी तीन प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ, हावाहुरी र असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

 

  • २१ बैशाख २०८३, सोमबार ०८:४१ प्रकाशित