रास्वपाले बोलायो सचिवालय बैठक

केन्द्रभाग मिडिया

पोखरा ।

सरकार चलाइरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको सचिवालय बैठक बोलाएको छ । रास्वपा सभापति रवि लामिछानेको निर्देशनअनुसार पार्टी सचिवालयको बैठक भोलि (आइतबार) मध्याह्न १२ः३० बजे बस्ने भएको हो ।

बैठक काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आगामी कार्यक्रम तथा संगठनात्मक गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ ।

  • १९ बैशाख २०८३, शनिबार १४:२३ प्रकाशित