काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्।
संविधानको धारा ११४ (१) अनुसार मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश जारी भएको हो । यसअघि शुक्रबार राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए ।
अझै राष्ट्रपतिको कार्यालयमा पाँच वटा अध्यादेश छन् । सरकारले आठ वटा अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको थियो ।












