त्रिविका पदाधिकारीले राजीनामा दिने

केन्द्रभाग मिडिया

काठमाडौ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने भएका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले राजीनामा दिन लागेका हुन ।

त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिन लागेका हुन् । त्रिवि स्रोतका अनुसार, आज (बिहीबार) बिहान त्रिविका पदाधिकारीको बैठक बसेको थियो ।

‘नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गर्न लाग्नु भएको हो,’ त्रिविका एक अधिकारीले भने, ‘राजीनामा दिने तयारी छ ।’विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री बालेन शाहलाई राजीनामा दिने तयारी छ ।उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए ।

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए ।सरकारले सिफारिस गरेको अध्यादेशमाथि राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।

  • १७ बैशाख २०८३, बिहीबार १२:३७ प्रकाशित