ट्रक र कार ठोक्किँदा एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

कावासोती ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग।प्र।०१–००१ च ०४७४ नम्बरको कार आज बिहान करिब १० : ५५ बजे ठोक्किएका थिए ।

दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएकामा उनको उपचारकै क्रममा ज्यान गएको हो ।

मृतकको नाम, थर, ठेगाना खुल्न भने बाँकी रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १५ बैशाख २०८३, मंगलवार ११:४९ प्रकाशित