काठमाडौं ।
बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू शनिबार बिहानैदेखि डोजर लगाएर भत्काउने क्रम जारी छ । सरकारले दुई दिन अघि सूचना जारी गर्दै आज र भोलि काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउने क्रममा डोजर चलाइएको हो ।
थापाथलीमा बिहानैदेखि डोजर चलिरहेको छ भने सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा भने बस्ती खाली हुने क्रम जारी छ । वर्षौंदेखि सो क्षेत्रमा बसेका उनीहरू सरकारको निर्देशन र आश्वासन दुवै बोकेर बस्तीबाट स्थानान्तरण हुँदैछन् ।
कतिपयलाई अब कहाँ जाने भन्ने दोधार देखिन्छ भने कतिपयले आ–आफ्नो व्यवस्था गरिसकेका छन् । यसैबीच सरकारले पनि सुकुमवासीलाई राख्न विभिन्न तीनवटा क्षेत्रहरू तोकेको छ ।












