कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए आफुनिकट समुहको भेला

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला डाकेका छन् । उनले १५ वैशाखका लागि भेला डाकेका हुन् ।

नेता खड्कानिकट एक केन्द्रीय सदस्यले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला बोलाइएको जानकारी दिएका छन् । भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने बताइएको छ ।

खड्काको सचिवालयले पनि समूहको भेला बोलाइएको पुष्टि गरेको छ । सचिवालयका अनुसार ६ गतेको बैठकपछि निवर्तमान कार्यवाहक सभापति खड्काले समूहको भेला बोलाएका हुन् ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि नेता खड्काले धुम्बाराहीमा ६ वैशाखमा निवर्तमान केन्द्रीय सदस्यहरूसँग बैठक गरेका थिए । त्यसअघि उनले अघिल्लो दिन गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।

  • ११ बैशाख २०८३, शुक्रबार ११:२० प्रकाशित