भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा भूपदेव शाहलाई बनाउने भएको छ । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र९बालेन० शाहसँग भएको सहमति अनुसार भूपदेवलाई महामन्त्री बनाउन लागिएको एक नेताले जानकारी दिए ।

बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए । फागुन २१ को निर्वाचनमा अछाम–२ बाट उम्मेदवार उनी पराजित भएका थिए । त्यतिबेला बालेन निकट सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी थियो ।

तर उनी अहिले भौतिक पूर्वाधारमन्त्री भएकाले लम्सालको ठाउँमा भूपदेवलाई ल्याउन लागिएको हो । रास्वपाको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ ।

ती नेताका अनुसार एक पद व्यक्तिको नीति अनुसार अन्य पदमा पनि हेरफेर हुनसक्ने बताए । उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि उक्त पद पनि खाली छ ।

  • ७ बैशाख २०८३, सोमबार १५:४३ प्रकाशित