आज रास्वपाको सचिवालय बैठक बस्दै, ६ वटा एजण्डामा छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

झण्डै दुईतिहाईको सरकार चलाईरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज (आइतबार) सचिवालय बैठक बस्दैछ । पार्टीका सभापति सभापति रवि लामिछानेले आज अपराह्न साढे ३ बजेका लागि सचिवालय बैठक बोलाएको रास्वपा नेताहरुले जानकारी दिएका छन् । नेताहरुका अनुसार सचिवलायमा बैठकका लागि विभिन्न ६ वटा महत्वपूर्ण एजेन्डामा आज सचिवालय बैठकमा छलफल हुनेछ ।

पहिलो, रास्वपाको जिल्ला अधिवेशनको कार्यविधि, २०८३ बारे छलफल हुनेछ। रास्वपाले जिल्ला अधिवेशनको तयारी गरिरहेको छ ।

दोस्रो, बैंक खाता सञ्चालन सम्बन्धी एजेन्डा रहेको छ । तेस्रो एजेन्डामा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन रहेको छ ।

चौथो, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन सम्बन्धी रहेको छ । रास्वपाले गत वर्ष गर्ने भनेको महाधिवेशन प्रतिनिधि सभाको निर्वाचनका कारण सारिएको थियो ।

पाँचौ एजेन्डामा विज्ञहरू, योजनाहरू आह्वान गर्ने सम्बन्धी छ । रास्वपाले विभिन्न विषयका विज्ञहरू बोलाउने र उनीहरूबाट योजनाहरू माग्ने भएको छ। विज्ञहरूले दिने योजना कार्यान्वयन गर्ने रणनीति अपनाएको छ ।

छैटौँ विविध अन्तर्गत प्रतिनिधि सभाका सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिितको बैठक, संसदीय दलको लागि प्राविधिक सहायता एवं लेबी सम्बन्धी विषय रहेको जनाइएको छ ।

  • ६ बैशाख २०८३, आईतवार ०८:१४ प्रकाशित