आज सेयर बजारका सबै सूचक घटे

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३३.८३ अंक (१.१८ प्रतिशत) घटेको छ । सो घटाइसँगै नेप्से २८३३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३३.२७ अंक बढेको थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ५३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २३६ को घट्यो भने ३ को स्थिर रह्यो ।

  • ३ बैशाख २०८३, बिहीबार १५:२५ प्रकाशित