बाढीले बगाएको ठाउँमा सरकारले फेरि सडक नबनाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले रसुवागढी बाढीले बगाएको ठाउँमा सडक नबनाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकार यो पक्षमा नरहेको बताएका हुन् ।

संसद्को पूर्वाधार विकास समितिमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नदीले खोलेको कारण पहिरो खसेको ठाउँ उठाउनुपर्ने भए पनि अन्य ठाउँमा फेरि सडक नबनाउने बताए ।

‘लो कटिङका कारण खसेको ठाउँमा उठाउनुपर्छ । तर, बाढीले बढाएको ठाउँमा फेरि बनाउने पक्षमा छैनौँ । हामी विल्ड ब्याक बेटर भन्ने पक्षमा छैनौँ,’ उनले भने ।

  • ५ आश्विन २०८३, सोमबार १२:३० प्रकाशित