त्रिपुरेश्वरमा बसमा आगलागी : चालक घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ । आगलागी हुँदा बसका चालक समेत घाइते भएको पाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै बसका चालक घाइते भएको जानकारी दिए ।

‘बस आगलागी भएको भएर चालक घाइते भएका छन् । उद्धार गरेर अस्पताल पठाएका छौं । आगलागीको कारणबारे अनुसन्धान हुँदैछ’ एसपीसुवेदीले भने ।

आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले बताएको छ । उनी बसभित्रै रहेका बेला आगलागी भएकाले घटना संकास्पद रहेको प्रहरीको भनाई छ । घाइते चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

  • ५ आश्विन २०८३, सोमबार १२:५७ प्रकाशित