कांग्रेस सांसद खड्काले लेखा समिति सभापतिमा दर्ता गराए उम्मेदवारी

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा बिहीबार उम्मेदवारी दर्ता गराएका छन् ।

खड्का डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ।

२७५ सदस्यीय प्रतिनिधि सभा र सार्वजनिक लेखा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत छ। खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी छन्।

  • ३ बैशाख २०८३, बिहीबार १५:१७ प्रकाशित