काठमाडौं ।
प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत र २ वटा संयुक्त समितिका सभापतिहरूको नाम टुंगो लागेको छ ।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले १२ वटै समितिका सभापतिको नाम टुंगो लगाएको हो ।समितिमा रहने सदस्यहरू यसअघि नै टुंगो लागिसकेको छ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ती समिति यसअघि नै गठन भइसकेका छन् ।
यी हुन् समितिका सभापतिहरू
– कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा
-कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी
-पूर्वाधार विकास समिति– आशिष गजुरेल
-महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी
– राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल
-शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन
– सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)
-१२० संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ
-उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी
-राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की
– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास
– अर्थ समिति– कृष्णहरि बुढाथोकी













