लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं ।

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाले निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो ।प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

उता कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ । यसैबीच लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

  • ३ बैशाख २०८३, बिहीबार १३:४९ प्रकाशित