गण्डकीका कृषिमन्त्री कार्कीको पहिलो निर्णय : उत्कृष्ट कृषक पुरस्कृत गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त कृषि ,भूमी व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले पदभार ग्रहण गर्दै गण्डकी प्रदेशमा ११ जिल्लाका विभिन्न उत्कृष्ठ कृषकहरूलाइ पुरस्कृत गर्ने पहिलो निर्णय गरेका छन ।

बुधबार मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद पुनर्गठन गरे लगत्तै सपथ पस्चात मन्त्रालय पुगेर मन्त्री कार्कीले उक्त निर्णय गरेका हुन । सो अबसरमा मन्त्री कार्कीले आफुले सबैका सुझाव समेटेर कार्य योजना निर्माण गर्ने र सोही मुताबिकका नीति तथा कार्यक्रम तयार गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘गण्डकी प्रदेशको कृषि क्षेत्रलाइ थप सबलिकरण सहित जनताको आयआर्जनलाइ मजबुत बनाउनु छ’ उनले भने ।

कृषिमा थप व्यबसायिकता र आधुनिकीकरण मार्फत जनजिबिकालाई मजबुत बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने भन्दै उनले अव्यवस्थित भूमीहिनहरूका समस्या समाधान गर्न प्रदेश सरकार मजबुत र प्रभाबकारी योजना सहित अघि बढ्ने उल्लेख गरे । सहकारी क्षेत्र थप व्यबस्थित र मर्यादित बनाउने आफ्नो संकल्प भएको भन्दै कृषि ,भूमी र सहकारी क्षेत्र आम जनताको जनजिबिकाको मुख्य आधार बनाउनेतर्फ सबैको ध्यान केन्द्रित गर्ने उल्लेख गरे ।

पदस्थापना कार्यक्रम केवल औपचारिकता मात्रै होइन यसले कृषकहरूलाइ पुरस्कृत गर्ने सुखद शुरुवात गरेको भन्दै बिगतका योजना र नीतिलाई थप सबलिकरण सहित कार्यान्वयनको निरन्तरता रहने उल्लेख गरे । मन्त्रालयका निमित्त सचिब बालकृष्ण अधिकारी सहितका कर्मचारीहरूले मन्त्री कार्कीलाइ स्वागत गरेका थिए ।

पदस्थापन अघि मन्त्री कार्की सहित एमालेको तर्फ नियुक्त मन्त्रीहरूले पोखरा ७ स्थित पुष्पलाल पार्क र झपिन्द्र पार्कमा पुष्पलाल र सहिदको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली व्यक्त गरेका थिए।

  • २ बैशाख २०८३, बुधबार २०:४५ प्रकाशित