काठमाडौं ।
नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार ३३.२७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २८६६ अंकमा पुगेको छ ।
कारोबारका क्रममा दिउँसो १:०७ बजे नेप्से परिसूचक २८७९ अंकसम्म पुगे पनि त्यसपछि केही खस्कियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब ६६ करोडको कारोबार भएकोमा आज १० अर्ब ५३ करोड रुपैयाँको भएको छ ।
२२१ कम्पनीको मूल्य बढ्दा ४५ को घट्यो भने ३ को स्थिर रहेको छ ।













