काठमाडौं ।
नेपाल लेयर्स कुखुर संघले अण्डाको भाउ बढाएको छ । उत्पादन घट्न थालेको भन्दै लेयर्स संघले अण्डाको भाउ प्रति क्रेटमा १५ रुपैयाँका दरले भाउ बढाएको हो । बढको भाउ आज (मंगलबार) देखि लागु भएको संघले जनाएको छ ।
संघका अनुसार एक्सएल अण्डा क्रेटमा १० रुपैयाँ बढेर प्रति क्रेट ४८५ रुपैयाँ पुगेको छ । मिडियम अण्डा क्रेटमा १५ रुपैयाँ बढ्दै प्रति क्रेट ४१५ रुपैयाँ भएको छ । सानो अण्डा प्रति पेटी २१०० रुपैयाँ पुगेको छ ।
यस अघि एक्स एल अण्डा प्रति क्रेट ४७५, ठूलो अण्डा प्रति क्रेट ४५० रुपैयाँ र मिडियम अण्डा प्रति क्रेट ४०० रुपैयाँ थियो । पछिल्लो समय बड़फ्लुले गर्दा उत्पादन भएका अण्डाहरु नष्ट भएका छन् । गर्मिमा उत्पादनमा कम हुने भएकाले लागत समायोज गर्न मूल्य बढाइएको संघले जनाएको छ ।













