मुग्लिन–पोखरा सडक निर्धारित समयमा सम्पन्न नहुने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ ।

आयोजनालाई दुई खण्डमा विभाजन गरी काम भइरहेकोमा पूर्वी खण्डको म्याद सकिन १० दिन मात्र बाँकी छँदा ८५ प्रतिशत र पश्चिम खण्डको म्याद ६ महिना बाँकी रहँदा ५४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

निर्माणको सुस्त गतिका कारण दुवै खण्ड तोकिएको समयमा नसकिने आयोजनाले जनाएको छ ।

एसियाली विकास बैंक ९एडीबी०को सहुलियतपूर्ण ऋण सहयोगमा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेन सडकलाई चार लेन र बजार क्षेत्रमा ६ लेनमा विस्तार गरिँदैछ । दुई खण्डमा विभाजित यस आयोजनाको निर्माण कम्पनी र लागत पनि फरक–फरक छन् ।

पूर्वी खण्डको म्याद सकियो
मुग्लिन–पोखरा सडकको पूर्वी खण्डको म्याद लगभग सकिएको छ । अब १० दिन मात्र बाँकी छ । २०८१ वैशाखभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको यो खण्डमा तीन पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । यसको अन्तिम म्याद यही असार २९ गतेसम्म छ ।

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१।११ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले यस खण्डको कालोपत्रे काम करिब सम्पन्न भइसकेको बताए ।

  • १८ असार २०८२, बुधबार १३:१३ प्रकाशित