‘समयको महत्व बुझेर स्विफ्ट होलीडेजलाई सफल बनायौं’

केन्द्रभाग मिडिया

नेपाल भ्रमण वर्ष सन २०२० को अबसर पारेर तत्कालिन पर्यटकीय सहर (हाल देशकै पर्यटकीय राजधानी) पोखरालाई केन्द्र बनाएर सेवा सुरु गरेको स्विफ्ट होलीडेज प्राली पर्यटनबहाक सवारीसाधन मार्फत सेवा दिने कम्पनीमा देशमै स्थापित कम्पनी बनेको छ । २० वटा टोयटा कोस्टर बसबाट सेवा प्रारम्भ गरेको यो कम्पनीले अहिले ३५ वटा ठूलासाना पर्यटक बहाक सवारीसाधन मार्फत स्तरीय सेवा प्रवाह गरिरहेको छ । पोखरा–काटमाडौं, पोखरा– चितवन, चितवन काठमाडौं र पोखरा लुम्बिनीमा सेवा दिइरहेको स्वीफ्ट होलीडेजले आगामी दसैंसम्ममा थप ६ वटा भोल्भो बस मार्फत आफ्नो सेवालाई विस्तार गर्दैछ । प्रतुत छ, केन्द्रभाग डटकमको ‘हाम्रो यातायात’ मा पत्रकार गोविन्द सुवेदीले स्विफ्ट होलीडेज प्रालिका सञ्चालक जनक नेपालसंग गरेको कुराकानी ।

 

  • स्विफ्ट होलीडेज भन्ने वित्तिकै पर्यटन क्षेत्रमा उत्कृष्ठ सेवा दिइरहेको ट्राभल ऐजेन्सी भनेर आफूलाई । अलिकति यो कम्पनी स्थापना कालिन अवस्थालाई स्मरण गरौं न ?

हाम्रो नारायण पौडेल सर छिमेकी र साथी हुनुहुन्छ । एकदिन कफी गफमा उहाँले २५ सिटर टोयटा कोस्टर ३० वटा मगाएको जानकारी दिनुभयो । उहाँले एउटा एउटा बेच्दा एक वर्ष लाग्थ्यो । अनि राज्यले भिजिट नेपाल २०२० घोषणा गरिसकेको अवसर पनि थियो । नेपालको पर्यटन क्षेत्रमा लग्जरी किसिमको सवारीसाधन पनि थिएन । लग्जरी गाडी नभएकाले टुरिजम सेक्टरमा यस्तो लग्जरी गाडी मार्फत किन सेवा नदिने भन्ने भयो । अनि २० वटा सवारीसाधन मार्फत सेवा दिने योजना बनाएर अगाडि बढ्यौं । पर्यटनका विविध क्षेत्रमा ठूलै लगानी गरेर अगाडि बढ्ने सोचका साथ यस क्षेत्रमा लगानी गरेका हौं । सुरुको पहिलो हप्तामै चीनको राष्ट्रपति नेपाल आउनुभएको थियो । चिनियाँ दुतावासले हामीसंग एक हप्ताका लागि १० वटा गाडी रिजर्भमा लियो । सुरुमै हामी निकै उत्साहित भयौं । त्यसको १६/१७ दिनपछि कोभिड सुरु भयो । त्यसले सुरुमै हामीलाई अप्ठ्यारो बनायो । यद्यपी हामी हातोत्साहित भएनौं ।

 

  • २० वटा सवारीबाट सुरु गर्नुभयो । सुरुमै कति जनशक्तिलाई रोजगारी दिनुभयो ?

सुरुमा २० वटा गाडीका २० जना चालक भइहाले । अरु थप ५ जना गरेर २५ जनालाई रोजगारी दिएर यसको सुरुवात गरेका हौं ।

  • सुरुवाती लगानी कति नी ?

त्यतिबेला टोयटा कोस्टर गाडी एउटाको १ करोड २५ लाख रुपैयाँ पर्यो । बैंकले पनि लगानी गर्यो । अप्ठ्यरोलाई नारायण सरले मिलाउनु भयो । कोभिडले नियमित किस्तामा समेत समस्या थियोे । त्यसमा बैंकले पनि सहजीकरण गरिदियो । सानोतिनो घटनाले पनि पर्यटन क्षेत्रलाई असर गर्नेहुँदा समस्या आइरहने । हामीले सुरुमा रिजर्भमात्र दिन्थ्यौं । त्यसपछि हामीले सेवाको शैली परिवर्तन गरेर लुम्बिनी, चितवन र भक्तपुरमा हामीले नियमित यही कोस्टर बसबाट सेवा दियौं ।

  • अहिले कस्तो क्षेमतामा सेवा दिइरहनु भएको छ ? कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

अहिले हाम्रो ४०० सिट क्षेमता हो । आधा आधा घण्टामा हामीले सेवा दिइरहेका छौं । अपसिजनको अहिलेको अवस्थामा पनि हाम्रो बसमा ७० प्रतिशत अकुपेन्सी छ । यस हिसावले हामी सन्तुष्ट छौं । सिजनमा दुई तिन दिन अगाडि नै हाम्रा अधिकांश बसहरु बुकिङ भइसकेको हुन्छ । त्यस हिसावले हामी सन्तुष्ट छौं ।

  • यति छिटै स्वीफ्टलाई स्थापीत गर्न के कुराले काम गर्यो जस्तो लाग्छ तपाइलाई ?

हामीले हाम्रो सेवा ब्रण्डडेड गाडी टोयटा कोस्टरबाट सुरु गर्यौं । एसी, चाईचुई कुनै न्वाइज नआउने गाडीको सेवाले यात्रुको मन जित्यो । ल्याण्डक्रुजरमा चढ्नु र स्तरीय कारमा चढ्नु र हाम्रो गाडीमा चढ्नुमा कुनै फरक छैन । पहिलो कुरा स्तरीय सेवा नै हो । दोस्रो कुरा हामीले मल्टिसेक्टर जस्तै पोखरादेखि चितवन, चितवन देखि काठमाडौं । पोखरा देखि लुम्बिनीमा सेवा दिएका छौं । अर्को मल्टि टाइमिङ सर्भिस भएरपनि जुनसुकै समयमा सेवा पाउँदा सेवाग्राही खुशी हुनुहुन्छ । त्यसैले हामी सफल भएका हौं भन्ने लाग्छ ।

  • २० वटाबाट सुरु गर्नुभयो ? अहिले कति छन् सवारी साधन र कतिलाई रोजगारी दिनुभएको छ ?

साना गाडीबाट हामीले सेवा सुरु गरेको हो । महंगो गाडी, पार्टपुर्जा पनि महंगो नै थियो र छ । हामीलाई क्यापासिटी कम हुँदा बैंकिङ किस्ता चलाउन पनि समस्या भएपछि अहिले हामीले ३० सिटर गाडीहरु टु बाई वान सिटरका लग्जरी गाडीहरु भित्र्याएका छौं । यसलाई कतिपय कोस्टरलाई रिप्लेस गरेर हामीले थप ९ वटा गाडी भित्र्यायौं । अहिले यि गाडीमा पनि यात्रुको निकै आकर्षण छ । अहिले हामीसंग साना ठूला गरेर करिव ३५ वटा गाडी छन् । रोजगारीको कुरा गर्दा यसमा १०० जनाले प्रत्यक्ष रोजगारी पाउनुभएको छ । अप्रत्यक्ष पनि धेरैलाई रोजगारी सृजना भएको छ ।

  • निजीक्षेत्र अलिकति सन्तुष्ट देखिन्न । यहाँहरु लगायत यातायातको क्षेत्रमा तुलनात्मक रुपमा सन्तुष्टि रहेको पाइयो । कसरी यो सम्भव भयो ?

धेरैथोरै विदेशी पर्यटक आएकै छन् । कम भएपनि मानिस आएकै छन् । विदेश जानेहरु अझै बढिरहेका छन् । एक जना मानिस विदेश जाने प्रक्रिया पूरागर्न ५/७ पटक काठमाडौं जानुपर्ने रहेछ । अनि प्रक्रिया पूरा गरेर विदेश जाँदा उसलाई बाईबाई गर्न थप ३/४ जना मानिस जाँदा रहेछन् । यस हिसावले पनि यात्रुहरु धेरै छन् । अनि अहिले सुविधासम्पन्न सवारी साधन खोज्ने चलन बढ्दै गएको छ त्यसैगरी घुमफिर गर्ने संस्कृति बढेको छ । पोखरामा दोहोर्याएर आउने धेरै छन् । यसले पनि यो क्षेत्र चलायमान छ ।

  • सवारी संख्या बढाउनुभयो, सेवामा विस्तार गरिरहनु भएको छ । लगानी कति पुर्याउनुभयो ?

दसैंसम्ममा भारतमा बनेका जसलाई ‘इनविल्ड’ भन्छ त्यो उहीँ सबै तयारी हुने हो । हामी ६ वटा बसहरु ४० प्लसको क्षेमताका ल्याउँदै छौं । हाम्रो सुरुमा टोयटा कोस्टरका लागि १४ करोड लोन नै लिएका थियौं । त्यसपछि पाँच करोडको लोन लियौं । १५ करोड जति तिरेर सक्यौं । लगानीकै कुरा गर्दा ५० करोड रुपैयाँको हाराहारी पुगेको छ ।

  • सेवामा बिस्तृतिकरण गर्ने क्रम पक्कै निरन्तर छ । अबको योजना पनि बताइदिनुहोस् न ?

हामीले दसैंसम्म थप २०० सिट क्षेमता थप्दै छौं । दसैंमा ६ वटा गाडी थपेसंगै मध्यदिउँसो सम्म पनि हामी गाडी छुटाउँछौं । हामी २ जना यात्रु मात्रै भएपनि सेवा दिन्छौं । समयमै सेवा दिन्छौं । कति बजे छुट्ने र कति बजे गन्तव्य पुर्याउने त्यो निस्चित छ । ट्वाइलेट ब्रेक र लञ्च ब्रेक पनि हामीले तोकिएकै समयमा गर्छौं । योसंगै यसलाई थप सेवालाई यात्रुको चाहना अनुरुप थप विस्तृतिकरण गर्दै लैजान्छौं ।

  • पोखरा र काठमाडौमा यात्रा गर्नेले कति तिर्नुपर्छ भाडा ?

हाम्रो भाडा पोखरा काठमाडौंको १६ सय रुपैयाँ हो । अफिसमै आएर बुक गर्नेले एक सय रुपैयाँ छुट पाउनुहुन्छ । सेवा अनुरुपको भाडा नोमिनल नै भाडा हो । यात्रुहरु सबै खुशी हुनुहुन्छ ।

  • १७ असार २०८२, मंगलवार २०:४० प्रकाशित