शिक्षा समितिको बैठक स्थगित गर्ने शिक्षामन्त्रीको प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव राखेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर भर्खरै सिंहदरबार पुगेका शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव समिति बैठकमा राखेका हुन् ।बिहान साढे ८ बजेका लागि बोलाइएको बैठक विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा बस्न सकेको थिएन ।

केहीबेरअघि सुरु भएको बैठकमा शिक्षामन्त्री पन्तले स्थगित गर्ने प्रस्ताव अघि सारेका हुन् ।असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकिए पनि अन्तिम अवस्थामा सहमति जुटाउन नसक्दा विषय पेचिलो बनेको छ ।

आफूहरूले सरकारलाई दिएको अन्तिम डेटलाइन सम्झाउँदै शिक्षक महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए ।हिजै समितिबाट पारित हुने भनेपनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन ।

विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त सत्तारुढ दलका सभापति शेरबहादुर देउवालाई भेट गरेका हुन् ।

  • १६ असार २०८२, सोमबार १६:२८ प्रकाशित