पोखरा ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसंग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भएको हो ।
सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई २ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्ससँग पहिलो खेलमा तेस्रो सुपर ओभरमा पुगेर हार भोगेको नेपालले दोस्रो खेलमा भने ६ विकेटको जित निकालेको थियो । त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डले समान दुई जित निकाले ।
सिरिजको अन्तिम खेलमा स्टकल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाली टोली १८.५ ओभरमा १५९ रन बनाउँदा अलआउट भयो । रुपेश सिंहले बनाएको ४३ रन नै नेपालका लागि सर्वाधिक रह्यो । दिपेन्द्र सिंह ऐरिले ३४ रन बनाएर आउट भए । कप्तान रोहित पौडेलले २७ रन बनाए । आशिफ शेख १४ र भिम सार्की १२ रनमा पेभेलियन फर्के ।
स्कटल्यान्डका लागि त्यसअघि स्कटल्यान्डको ग्लास्गोमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९३ रनको योगफल तयार पारेको थियो ।
स्कटल्यान्डका लागि ओपनर मुन्सेले सर्वाधिक ७८ रनको योगदान दिए । ३९ बलमा ५ चौका र ६ छक्का हानेका मुन्से १३ औँ ओभरको चौथो बलमा कुशल भुर्तेलको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए ।
ब्राण्डोन म्याकमुलेनले ४२ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए । उनले ३० बलमा ४ चौका र १ छकका प्रहार गरे।
मार्क वाड ९ रन बनाउँदै आउट भए। फिन्ले १ रन बनाउँदा सन्दीपको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए ।
कप्तान रिची बेरिङटोन ९ रन बनाउँदा कुशल कै बलमा लोकेश बमको हातबाट क्याच आउट हुन पुगे । माइकल लिस्क २६ र म्याथु क्रस १७ रनमा नटआउट रहे ।