पोखरा ।
स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजको अन्तिम खेलमा घरेलु टोलीले नेपाललाई १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ओपनर जर्ज मुन्सेको विष्फोटक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको हो ।
जर्जले ३९ बलमा ७८ रन बनाए । ब्रान्डनले ३० बलमा ४२ रन बनाए । माइकल लिस्क १७ बलमा २६ र म्याथ्यु क्रस १३ बलमा १७ रनमा अविजित रहे ।
बलिङमा नेपालका कुशल भुर्तेलले २, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले एक र एक विकेट लिए । यो खेलमा जित निकाल्ने टोलीले सिरिजको उपाधि जित्नेछ ।