विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित

केन्द्रभाग मिडिया

काठमाडौं ।

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको अन्तिम खेलमा नेपालले फराकिलो हार बेहोरेको छ ।

नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित हुँदै एसिया छनोटको उपविजेतामै सीमित रह्‍यो । थाइल्याण्ड अपराजित रहँदै एसिया छनोटको उपाधि जित्न सफल रह्‍यो ।

थाइल्याण्डले दिएको १५९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनायो । नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाउँदा राजमती ऐरी २० रनमा नटआउट रहिन् । रुबिना क्षेत्रीले १२ रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ह्‍याट्रिकसहित ४ विकेट लिइन् । उनले १९औं ओभरमा रोमा थापा, ईश्वरी विष्ट र रिया शर्मालाई आउट गरेकी थिइन् । त्यस्तै थिपाथ्चा पुथावोङले ३ विकेट लिइन् । सुलिपर्न लाओमीले १ विकेट लिइन् ।

त्यसअघि थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको थियो ।

  • ६ जेष्ठ २०८२, मंगलवार १२:४६ प्रकाशित